काठमाडौँ । दसभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताएका छन् । महिलाहरुको ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताए ।
पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुर्ले बुझाएको ध्यानाकर्षण पत्र लिँदै सभामुख सापकोटाले भने, ‘मध्यवधि निर्वाचन अनावश्यक र सम्भव छैन ।’
अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा छलफल गरेर साझा धारणा बनाएर सभामुखसित भेट गर्न गएका थिए ।
प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको व्यक्तिवादी, अधिनायकवादी र निरंकुश चरित्रको परिणाम भएको भन्दै उनीहरुले ओलीद्वारा भंग घोषणा गरिएको प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने समाभुखलाई बुझाएको घोषणापत्रमा उल्लेख छ । उनीहरुले प्रतिनिधिसभालाई पुनःस्थापना गर्न नसकिएमा संविधान र आम नेपालीको भावना विपरीत हुने बताए।
सभामुख सापकोटाले भने, ‘मेरो भूमिकाका बारेमा राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाव लिएको छु । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनु भएको छ, मेरो ध्यानाकर्षण भएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ पुस २०७७, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण
अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्: प्रधानमन्त्री ओली
कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री ओली
एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको हो: प्रधानमन्त्री