म्यानचेस्टर युनाइटेड उक्लियो दोश्रो स्थानमा

एजेन्सी

बुधबार, १५ पुस २०७७, ०८ : ४५
म्यानचेस्टर युनाइटेड उक्लियो दोश्रो स्थानमा

एजेन्सी ।  म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले वुल्भ्सलाई १–० ले पराजित गर्दै प्रतियोगिताको दोश्रो स्थानमा उक्लेको छ ।

खेलमा युनाइटेडले इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा मार्कस राशफोर्डले गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यानचेस्टर युनाइटेड दोस्रा स्थानमा पुगेको छ । उसको १५ खेलबाट ३० अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको समान १५ खेलबाट ३२ अंक रहेको छ ।पराजित भएको वुल्भ्स १६ खेलबाट २३ अंकसहित १२ औँ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस