एस्टन भिल्लासँग बराबरीमा रोकियो चेल्सी

एजेन्सी

मंगलबार, १४ पुस २०७७, ०९ : ३३
एस्टन भिल्लासँग बराबरीमा रोकियो चेल्सी

एजेन्सी । चेल्सीले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग बराबरी खेलेको छ । प्रतियोगितामा पछिल्लो समय कमजोर बन्दै गएको चेल्सीले बराबरी खेल्दै अंक बाँड्नु परेको हो ।  आइतबार राति घरेलु मैदानमा उपाधि दावेदार मानिएको चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको हो । 

चेल्सीले खेलको ३४ औं मिनेटमा ओलिभर जिराउडको गोलमा अग्रता लिएको थियो । जिराउड चेल्सीका लागि यो सिजन सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।  उनले प्रतियोगिताका धेरै खेलमा चेल्सीको लागि महत्वपूर्ण गोल गर्न सफल भएका छन् ।

उता पाहुना टोली एस्टन भिल्लाका लागि दोस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काए । बराबरीसँगै लिगमा १४ खेल खेलेको एस्टन भिल्ला २६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । समान २६ अंक जोडेका चेल्सी छैटौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस