प्रदेश नं १ मा २६१ सङ्क्रमित निको भए, ६४ थप

रासस

सोमबार, १३ पुस २०७७, २० : ३०
प्रदेश नं १ मा २६१ सङ्क्रमित निको भए, ६४ थप

काठमाडौँ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २६१ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २७ हजार ६१७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा २२ महिला र ४२ पुरुष गरी कूल ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा मोरङका २८ मध्ये विराटनगरका २०, झापा १७, सुनसरी ११, सङ्खुवासभा तीन, उदयपुर एक र प्रदेशबाहिरका चार जना छन् ।

योसँगै यो प्रदेशमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या २९ हजार ६९९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७०१ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै यो प्रदेशमा अहिलेसम्म दुई लाख सात हजार ७३७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस