काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ८२ वर्षीया महिलाको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
ज्वरोको समस्या र सास फेर्न कठिनाइ भएर यही पुस १० गते प्रदेश अस्पतालको आकस्मिककक्षमा भर्ना गरिएका उनलाई सोही दिन प्रदेश अस्पताल प्रयोगशालामा जिन एक्सपर्ट पिसिआर विधिबाट सङ्क्रमण पुष्टि भई आइसियुमा राखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।
प्रोटोकलअनुसार उपचार गरिए पनि मृतकमा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, एक्युट एक्जासरबेसन, हाइपरटेन्शन र न्युमोनियका कारण स्वास्थ्यमा सुधार नभई आज मृत्यु भएको शाखाप्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार मृतक महिलासहित कर्णालीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ ।
हाल जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापन भइरहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखा कर्णाली प्रदेशले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ पुस २०७७, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु