प्रचण्डसँग सहकार्य गर्नका लागि तयार छु : गोपाल किराँती

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, १३ : ४०
प्रचण्डसँग सहकार्य गर्नका लागि तयार छु : गोपाल किराँती

file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले गणतन्त्र रक्षार्थ प्रचण्डसँग सहकार्यका लागि तयार रहेको बताएका छन् ।

किराँती केपी शर्मा ओली नेतृत्वको नेकपाबाट छुट्टिएको समूहसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

किराँती यसअघि प्रचण्डले नेतृत्व गरेका तत्कालिन माओवादी पार्टीमै थिए। तत्कालीन माओवादी केन्द्र एमालेमा मिल्न गएपछि किराँतीले छुट्टै पार्टी गठन गरेका थिए। पछि ‘प्रचण्डले क्रान्ति र जनतालाई धोका दिएको’ भन्दै उनले अलग्गै नेकपा माओवादी केन्द्र पार्टी खोलेर राजनीति गर्दै आएका छन्।

यो बीचमा किराँती नेतृत्वको माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी लगायतका  कम्युनिष्ट पार्टीसँग एकता गर्ने जनाएको थियो। तर, फेरि किराँतीले गणतन्त्र रक्षार्थ प्रचण्डसँग सहकार्यका लागि तयार रहेको बताएका छन्।

हाल ओलीले संसद् विघटन गरेपछि प्रचण्ड(नेपाल समूह अलग भएको छ भने सडक संघर्षको तयारीमा जुटेको छ।

 

प्रतिक्रिया दिनुहोस