काठमाडौं । जोर्डनले कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकारलाई गिरफ्तार गरी अनुसन्धान थालेको यहाँको न्यायिक स्रोतले शनिबार जनाएको छ ।
“सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् । एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् ।
मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ । अल–वाकाईले मंगलबार प्रकाशित एउटा लेखमा “ “जनतालाई खोपको व्यवस्था के हुन्छ ? के फाइजर (खोप) गोप्य रूपमा आएको थियो, र जोर्डन सरकारका वरिष्ठ अधिकारीहरूलाई खोप दिइयो ? भन्नेबारे समाजलाई भड्काउने किसिमको समाचार सम्प्रेषण गरेको थियो ।
जोर्डनले डिसेम्बरको मध्यतिर फाइजर–बायोएनटेक कोरोनाभाइरस खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका अधिकारी वाएल अल–हयाज्नेले बुधवार यो खोप जनवरीमा वा फब्रअरीमा राज्यमा आइपुग्ने बताएको छ ।समाचारमा खोप आइसकेको र उच्च पदस्थ अधिकारीले यसको प्रयोग गरिरहेको उल्लेख गरिएकोले यसले समाजलाई सरकारविरोधी गतिविधिमा उत्साहित गर्न भड्काउने उक्त अदालतको ठहर छ ।
उक्त देशका पत्रकारहरूको संगठनले हदादको तुरुन्त रिहाइको आह्वान गर्दै उनको गिरफ्तारीले ‘जोर्डनको छविलाई हानी पु¥याएको’ दावी गरेको छ । पत्रकारको विनाशर्त रिहाईका लागि पनि संगठनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ पुस २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइनसहित युवक पक्राउ
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ
काठमाडौँ र कास्कीबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक
ट्राफिक प्रहरी जवानको हत्या आशंकामा छ जना पक्राउ