दमक । टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ पुस २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु