काठमार्डौँ । नेकपा केपी ओली समूहले प्रदेशको इन्चार्ज तोेकेको छ । ओली समूहको केन्द्रीय कमिटी बैठकले प्रचण्ड नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त गरेको छ। प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई ल्याइएको छ। प्रदेश २ मा सत्यनारायण मण्डल नै कायम छन्।
बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यको ठाउँमा ईश्वर पोखरेल जिम्मेवारी दिइएको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज तोकिएको छ । कर्णालीमा जनार्दन शर्माको ठाउँमा मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ।
सुदूर पश्चिममा भीम रावलको ठाउँमा लेखराज भट्टलाई संयोजक तोकिएको छ। जनवर्गीय संगठनको मोर्चामा टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ पुस २०७७, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली