चिनियाँ राजदूत प्रचण्डलाई भेट्न पुगिन खुलमटार

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, ११ : ०७
चिनियाँ राजदूत प्रचण्डलाई भेट्न पुगिन खुलमटार

फाइल तस्विर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न चिनियाँ राजदूत होउ यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी  छन् ।

राजदूत यान्छीले बिहीबार बिहान राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्ष दाहाललाई भेटेकी हुन् ।

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि  आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको थियो। 

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको  सक्रियता बढ्ने गरेको थियो।