प्रचण्ड माधव समूहले बुझायो निर्वाचन आयोगमा हस्ताक्षर

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १६ : १८
प्रचण्ड माधव समूहले बुझायो निर्वाचन आयोगमा हस्ताक्षर

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल समूहले गरेको निर्णयहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा बुझाएको छ । 
मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको हो ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको थिए । 

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस