संसद विघटनबिरुद्धको रिटमा प्रधान न्यायाधिश जबराको एकल ईजलाशमा बहस शुरु

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १२ : १७
संसद विघटनबिरुद्धको रिटमा प्रधान न्यायाधिश जबराको एकल ईजलाशमा बहस शुरु

काठमाडौं । संसद विघटनबिरुद्धको रिटमा बहस शुरु भएको छ । प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबराको एकल ईजलाशमा बहस शुरु भएको हो ।

संसद विघटन असंबैधानिक भएको गरेर सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् । संसद विघटन ‘असंवैधानिक’ भएको दाबी गर्दै विभिन्न कानुनविद तथा व्यक्तिहरुले सर्वोच्चमा एक दर्जन रिट दायर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद् विघटन भएको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस