काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)राजनीतिक रूपमा विभाजित भएको छ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनकोरेखा कोरेका हुन् ।
केन्द्रीय कमिटी बैठकराखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरूपण निर्वाचन आयोगले गर्नेछ । त्यहाँबाट निरूपण नभए विवाद सर्वोच्च अदालतमा पुग्ने स्थिति देखिएको छ।ओली समूहले कोही कसैलाई कारबाही नगरी ५५६ जना केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक कमिटी बनाएको छ । ओलीले एकप्रकारले नेकपा पुनर्गठन गरेका छन्।दाहाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।
ओली पक्षबाट पार्टी प्रवक्ता तोकिएका प्रदीप ज्ञवालीले अध्यक्ष, महासचिवर माइन्युटबिनाको बैठक वैधानिक नहुने भन्दै दाहाल–नेपाल पक्षले वैधानिकता नपाउने दाबी गरे।दाहाल–नेपाल पक्षले भने साबिक नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जना आफूसँगरहेको दाबी गरेको छ ।
दाहाल–नेपाल समूहले बहुमतको निर्णय मान्य हुने भएकाले आफूहरू नै संस्थापन पक्ष भएको बताएको छ।दुवै समूहले आफू नेकपाको संस्थापन पक्ष भएको दाबी गरेकाले विवाद निर्वाचन आयोगमा पुग्ने भएको छ । विवाद आयोगले विवाद टुंग्याउन सकेन भने सर्वोच्च अदालतमा पुग्नेछ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ पुस २०७७, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा धुलो टक्टकाएर फेरि उठ्छः पुन
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन
नेकपाबाट समानुपातिकमा को बन्लान् सांसद ?
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता