बालुवाटार बैठक अस्वीकार्य : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १६ : २६
बालुवाटार बैठक अस्वीकार्य : अध्यक्ष प्रचण्ड

फाइल तस्विर

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा भएको भेलाबाट केन्द्रीय समिति विस्तार गर्ने निर्णय लिएको गम्भीर आपत्ति जनाएका छन् । 

अध्यक्ष प्रचण्डले १ तिहाई केन्द्रीय सदस्य भएको बैठकले २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने बताए । उनले आफूपक्षीय केन्द्रीय समिति बैठकमा ओलीले बोलाएको बैठक अवैधानिक रहेको जिकिर गरे । उनले आफूहरुले बोलाएको बैठक नै वैधानिक रहेको समेत बैठकलाई सम्बोधनका क्रममा बताए । 

‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, अध्यक्ष प्रचण्डले भने । 

प्रतिक्रिया दिनुहोस