काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने दावी गरेका छन् ।
काठमाडौँको बबरमहलमा भएको प्रचण्ड माधव समूहको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘बादल र बामदेवलाई यो बैठकमा हेर्न चाहेका छौँ ।
उनले राजधानीमा संविधान, नियम कानुन अनुसार आफूहरुले बैठक राखेको नेकपा नै वैधानिक भएको दावी गरे ।
उनले भने, निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो ।’ प्रचण्डले बालुवाटारमा आज भएको भेला वैधानिक नरहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड