काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै नेकपाका नेताहरु सर्वोच्च अदालतका पुगेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको तर्फबाट देव गुरुङलगायतका नेताहरु सर्वोच्च पुगेका हुन् । प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर बुझाउन गुरुङलगायतका नेताहरु सर्वोच्च पुगेको एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि बुधवार सुनुवाइ हुँदैछ । सुनुवाइको पूर्वसन्ध्यामा अदालतमा प्रमाण दिन भन्दै हस्ताक्षरसहित उनीहरू अदालत गएका हुन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए भने सोही कारण नेकपा विभाजन निकट पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार