काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै नेकपाका नेताहरु सर्वोच्च अदालतका पुगेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको तर्फबाट देव गुरुङलगायतका नेताहरु सर्वोच्च पुगेका हुन् । प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर बुझाउन गुरुङलगायतका नेताहरु सर्वोच्च पुगेको एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि बुधवार सुनुवाइ हुँदैछ । सुनुवाइको पूर्वसन्ध्यामा अदालतमा प्रमाण दिन भन्दै हस्ताक्षरसहित उनीहरू अदालत गएका हुन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए भने सोही कारण नेकपा विभाजन निकट पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी