सूर्य चिन्हमा प्रचण्ड माधव समूहको दावी, धावा नबोल्न ओलीलाई चेतावनी

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १५ : ०९
सूर्य चिन्हमा प्रचण्ड माधव समूहको दावी, धावा नबोल्न ओलीलाई चेतावनी

काठमाडौं ।  सूर्य चिन्हमा प्रचण्ड माधव समूहको दावी रहेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सूर्य चिह्न माथि धावा नबोल्न चेतावनी दिएका छन्। प्रचण्ड माधव समूहको भेलामा नेता नेपालले भने, ‘हाम्रो चुनाव चिह्नमा‍थि कसैले धावा बोल्न सक्दैन।’

उनले नेकपा एमाले ब्युँतने कुरा हल्ला मात्रै भएको दावी समेत गरेका छन्। पार्टी एकताकै बेला एमाले विघटन भइसकेको उनले बताए । कार्यकारी अध्यक्ष प्रचण्डको कुर्सी ओलीले हटाएकोमा प्रचण्ड सहेर बसेको नेपालको भनाई छ। 

नेकपाको नयाँ अध्यक्षमा प्रस्तावित नेपालले भने ‘मैले त भन्दिएको थिए बैठकमा प्रचण्ड भएर सहेर बस्नुभयो म भए कुर्सी बोकेरै माथि बस्थे ।’

प्रतिक्रिया दिनुहोस