प्रचण्ड- माधव पक्षिय केन्द्रिय बैठकमा आउन आग्रह गर्दै माधव नेपाल, झलनाथ र नारायणकाजी पुगे वामदेव निवास

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १२ : १९
प्रचण्ड- माधव पक्षिय केन्द्रिय बैठकमा आउन आग्रह गर्दै माधव नेपाल, झलनाथ र नारायणकाजी पुगे वामदेव निवास

काठमाडौं । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा आउन बरिष्ठ नेता माधवकुमार नेपाल उनको निवासमै पुगेर आग्रह गरेका छन् । 

Yeti Diistillery Tansen Cement box

पार्टी फुटको संघारमा पुगेको बेला मंगलबार बिहान गौतमको भैंसेपाटी निवासमा पुगेर नेताहरूले आज दिउँसो बस्ने  आफ्नो केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उनलाई आग्रह गरेका छन्। 

स्रोतका अनुसार वामदेवलाई भेट्न बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ  भैंसेपाटी पुगेका हुन्। ‘उहाँहरूले गौतमलाई आजको बैठकमा आउनुस् भन्नुभयो।  तर गौतमले आफू कुनै बैठकमा नजाने जवाफ दिनुभयो,’ श्रोतले भन्यो ।
 

प्रतिक्रिया दिनुहोस