चेल्सीद्धारा वेष्ट ह्याम युनाइटेड ३–० ले पराजित

एजेन्सी

मंगलबार, ०७ पुस २०७७, ०९ : ३७
चेल्सीद्धारा वेष्ट ह्याम युनाइटेड ३–० ले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।   सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले  वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

उसका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । सिल्भाले १० औँ मिनेटमा नै गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए ।
अब्राहमले ७८ र ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो ।

जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ । अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस