म्यानचेस्टर युनाइटेडद्धारा लीड्स युनाईटेड ६–२ ले पराजित

एजेन्सी

सोमबार, ०६ पुस २०७७, ०८ : ३५
म्यानचेस्टर युनाइटेडद्धारा लीड्स युनाईटेड ६–२ ले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । लीड्स युनाइटेडलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा पुगेको छ ।

म्यानचेस्टरका लागि ब्रुनो फेर्नान्डेस र स्कट म्याकटोमिनेयले दुई–दुई गोल गरे । यस्तै भिक्टोर लिण्डेलोफ र डानियल जेम्सले एक–एक गोल गरे । लीड्सका लागि लियम कुपर र स्टूआर्ट डालासले गोल गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा म्याकटोमिनेयले दोस्रो र तेस्रो मिनेटमा गोल गरेका हुन् । उनी पहिलो तीन मिनेट भित्रै दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् प्रिमियर लिगमा । यस्तै फेर्नान्डेसले २० र ७० औँ मिनेटमा गोल गरे ।

लिण्डेलोफले ३७ औँ तथा जेम्सले ६६ औँ मिनेटमा गोल गरेका हुन् । लीड्सका कुपरले ४१ औँ तथा डालासले ७३ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि तेस्रो स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १३ खेलबाट २६ अंक भएको छ । लीड्स १७ अंकसहित १४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस