९० जना सांसदहरुले दर्ता गरे प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १७ : ३७
९० जना सांसदहरुले दर्ता गरे प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव

संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । 

आइतबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा दर्ता समय विहान १० बजेर ५० मिनेटको रहेको छ । तर संसद सचिवालयले सो समय सच्याएर ३ बजेर ३० मिनेटमा दर्ता भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस