लमजुङ । एक महिलाको हत्याको अभियोगमा दुई युवक पक्राउ परेका छन् । सुन्दरबजार–४ दुराडाँडा चारघरेकी ३५ वर्षीया धनमाया भुजेलको हत्याको ३६ घण्टाभित्रै प्रहरीले सुन्दरबजार–३ स्वाँराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई पक्राउ गरेको हो । सागर धनमायाका भतिजा र विकास भान्जा हुन् ।
डीएसपी गंगाबहादुर थापाका अनुसार घटना गत बुधबार बिहानको हो । ‘मृतक धनमायाका पति ध्रुवले भ्यासेक्टोमी गरेका रहेछन् । गाउँलेले धनमाया गर्भवती रहेको सुनाएपछि अवैध सम्बन्धको पोल खुल्ने डरले सागरले धनमायाको हत्या गरेको बुझियो,’ डीएसपी थापाले अभियुक्त सार्वजनिक गर्दै शुक्रबार प्रहरी कार्यालयमा भने ।
पहिलो पत्नीसँगको सम्बन्धविच्छेदपछि ध्रुवले धनमायासँग दोस्रो विवाह गरेका थिए । ध्रुवकी जेठीतर्फका दुई सन्तान हजुरबाआमासँग बस्छन् । ध्रुव र धनमाया अरूले छाडेको घरमा बस्थे । ध्रुव गाउँकै एक गाई फार्ममा काम गर्छन् । उनी सबैरै फार्ममा जान्थे ।
काकीसँगको आफ्नो अनैतिक सम्बन्ध गाउँलेले थाहा पाउन थालेपछि सागरले एक महिनादेखि धनमायाको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ । डीएसपी थापाका अनुसार घटनाको एक साताअघि मात्रै अभियुक्त सागरले विकासलाई धनमायाको हत्या गर्ने भन्दै सहयोग मागेको खुलेको छ ।
धनमायाका पति ध्रुव बिहान सबेरै काममा जाने गरेकोमा हत्याको दिन गए,नगएकोबारे सागरले धनमायालाई फोन गरेर सोधेका थिए । विकासलाई लिएर सागर धनमायाको घरमा पुगे । घरमा एक्लै रहेको अवस्थामा धनमायाले लगाएको सल लिएर सागरले घाँटी कसे । गुहार माग्न थालेपछि बाहिर रहेका विकासलाई ढुंगा ल्याउन भने । जाँतोको माथिल्लो भाग उचालेर दुवैले धनमायालाई हाने । घटना लुकाउन बोरामा बेरेर सेप्टिक ट्यांकीमा फालेको खुलेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ पुस २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या