काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधव नेपाल बीच फेरि भनाभन चलेको छ । बुधबार बसेको नेकपा स्थायी समिति बैठकमा ओलीको अभिब्यक्तीप्रति चित्त नबुझाएर वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई काँइते र जालसाजी कुरा नगर्न भनेका हुन् ।
महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुवास नेम्वाङ र घनश्याम भुषाललाई साक्षी राख्दै दुई अध्यक्ष प्रचण्ड र ओलीबीच सम्वैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन समावेदन प्रचण्ड माधव नेपाल समुहले फिर्ता लिने समझदारी बनेपछि हिजो बुधबारको नेकपा स्थायी समिति बैठक बसेको थियो । यही निर्णय लिन बसेको बैठकमा प्रचण्डले यो विषय प्रष्टाएपनि ओलीले बोल्ने क्रममा अध्यादेश फिर्ताको विषय उच्चारण गरेनन् । बरु उनले अध्यादेश अगाडी बढाउनु पर्नाको लामो फेहरिस्त राखे ।
नेपालले ओलीलाई सधै जालसाजी र काँइते कुरा गरेर नेताहरुको बुद्धि नभुट्न आग्रह गर्दै प्रष्ट कुरा गर्न आग्रह गरे । तर ओली नेपालको कुरामा केही बोलेनन् । अध्यादेश फिर्ताका सवालमा पनि उनले केही बोलेनन् । त्यसपछि बीचमै ओली र प्रचण्डको छलफलमा सहभागी मध्येकै एक स्थायी समिति सदस्य घनश्याम भुषालले दुई अध्यक्षका बीचमा भएको छलफलको बेलिबिस्तार लगाएका थिए ।
काँग्रेस सभापति शेरबहादुर देउवासँगको सहमतिमै अध्यादेश आएको तर उनले पनि पछि बोली फेरेको जस्ता तर्क ओलीले बोल्ने क्रममा राखे । त्यसपछि पनि अध्यादेश फिर्ताको विषयमा उनले कुनै तर्क गरेनन्, बरु अझै पनि सचिवालयमा उपाध्यक्ष वामदेव गौतमलाई भड्काउने र आफुतिर लोभ्याउने रणनीति अन्र्तगत अबको प्रधानमन्त्री वामदेव गौतमलाई बनाउ भनेर अस्त्र फाल्न खोजे । तब वरिष्ठ नेता नेपाल ओलीसँग झेक्किएका थिए ।
नेपालले ओलीतिर हेर्दै भने, –’तपाईको कुरा नै काँइते भयो । अध्यादेश फिर्ता हो की होइन ? त्यो बोल्नुस्, तपाईहरु दुई अध्यक्षमा भएको के हो ? प्रचण्ड जी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत भएको भन्नुहुन्छ, तपाई फिर्ता लिने नलिने बारेमा केही बोल्नु हुन्न ? यो फिर्ता हो की होइन् ? स्पष्ट भन्नुहोस् ? अझ तपाई काँग्रेस सभापतिसँग सहमतिमा अध्यादेश ल्याएको भन्नुहुन्छ, म आफैंले शेरबहादुर जीलाई फोन गरेर सोधेको थिए, के तपाईको पनि सहमति हो अध्यादेश ल्याउन भनेर ।
तर उहाँले कही त्यस्तो केही सहमति भएको छैन् । प्रधानमन्त्रीले सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भनेर भन्नु हाँस्यास्पद छ, संसदको अधिवेशन बोलाउनु पर्ने सम्मुखमै त्यसलाई छलेर अध्यादेश ल्याउने कुरामा मेरो सहमति कही कतै हुदैंन र छैन भन्नुभएको छ । यो तपाईको कुरै बुझिएन, प्रष्ट भन्नुस् ?’
नेपालले ओलीलाई सधै जालसाजी र काँइते कुरा गरेर नेताहरुको बुद्धि नभुट्न आग्रह गर्दै प्रष्ट कुरा गर्न आग्रह गरे । तर ओली नेपालको कुरामा केही बोलेनन् । अध्यादेश फिर्ताका सवालमा पनि उनले केही बोलेनन् । त्यसपछि बीचमै ओली र प्रचण्डको छलफलमा सहभागी मध्येकै एक स्थायी समिति सदस्य घनश्याम भुषालले दुई अध्यक्षका बीचमा भएको छलफलको बेलिबिस्तार लगाएका थिए ।
उनले भनेका थिए,– प्रधानमन्त्रीले पनि अध्यादेश फिर्ता लिने, अर्काे समुहका नेताहरुले पनि विशेष अधिवेशन बोलाउन राष्ट्रपति कँहा लगेको समावेदन फिर्ता लिने, अर्काे स्थायी समिति बैठक पुस ५ गते बस्ने, त्यहाँ अन्य विषय छलफलमा लाने, केन्द्रीय समिति बैठक ५ दिन पछि सारेर पुस १० मा बस्ने । यही हो दुई अध्यक्षमा भएको सहमति । यसमा अब कसैले दाँयाबाँया कुरै छैन् ।’ त्यसपछि दुई अध्यक्षकै छलफलमा रहेका सुवास नेम्वाङले पनि त्यही स्पिरिटमा कुरा राखेका थिए । अर्का स्थायी समिति सदस्य शंकर पोखरेलले भने अन्य विषयमा पनि अब छलफल गरेर दुई अध्यक्षका बीचमा सहमति खोज्नुपर्ने बताएका थिए ।
तर कमजोर बनेका ओली आफ्नो अध्यादेश फिर्ता लिन बाध्य भएपछि बालुवाटारले भने प्रचण्डको प्रस्ताव पनि फिर्ता भएको, भदौं २६ मा फर्किने सहमति भएको जस्तो अर्नगल प्रचारबाजी गरेका थिए । भ्रम फैलाउने गरी बालुवाटारले गरेको प्रचार पनि धेरै टिक्न सकेन् । प्रचण्ड सचिवालयले त्यसलाई तुरुन्तै खण्डन गरिदियो । अब पुस ५ को स्थायी समिति बैठकमा पार्टीमा पेश भएका प्रचण्ड, ओली दुवैका दस्तावेजहरुमाथी छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ पुस २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल