वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ ।
राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने स्रोतले जनाएको छ ।
निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको दावी गरे पनि उनले भने अस्वीकार गर्दै आएका छन् ।
उनले मत परिणामप्रति असन्तुष्टि जनाउँदै हुलाकबाट प्राप्त भएका मतहरु बदर गर्न विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए । तर पर्याप्त आधार र वस्तुनिष्ठ प्रमाणको अभाव देखाउँदै उनका सबै मुद्दालाई राज्यस्तरका र सर्वोच्च अदालतले समेत अस्वीकार गरिसकेका छन् ।
अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र जनवरी २० तारिखका दिन पद हस्तान्तरण हुने व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुसार यस पटक भएको निर्वाचनमा बहालवाला राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याट तर्फका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
राष्ट्रपति कार्यालयका एक जना सल्लाहकारलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार जनवरी २० मा हुने पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने मनस्थितिमा पुगेका छन् ।
उनले दोस्रो कार्यकालका लागि पनि आफूले नै जितेको तर धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै आएका छन् । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३० मंसिर २०७७, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ममदानीले मलाई भेट्न पहल गर्नुपर्छ, वाशिंटनप्रति सम्मान देखाउनु पर्छ : डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक