हेलचेक्रयाइँले जोखिम बढ्दो, कोरोना महामारीको दोस्रो लहर आउन सक्ने

पत्रपत्रिकाबाट

मंगलबार, ३० मंसिर २०७७, ०६ : ४३
हेलचेक्रयाइँले जोखिम बढ्दो, कोरोना महामारीको दोस्रो लहर आउन सक्ने

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक््रयाइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक््रयाइँ नगर्न विज्ञहरूको आग्रह छ ।

यद्यपि, संक्रमण जोखिमका बीच दैनिक रूपमा सभा, प्रदर्शन, आन्दोलन र जमघट गर्न थालिएको छ । अहिले अधिकांश नागरिकले कोरोनालाई ख्यालठट्टा मान्दै आएका छन् ।

सरकारले कोरोना परीक्षणको दायरा घटाउँदा संक्रमितको संख्या दैनिक रूपमा कम देखिन थालेको छ । जोखिम हुँदा हुँदै पनि सवारीसाधनमा यात्रुको चाँप बढ्दो छ । विभिन्न राजनीतिक दल र पेसागत समूहहरूले दैनिक भौतिक उपस्थितिसहितको कार्यक्रम गर्न थालेका छन् । यस्तै भौतिक उपस्थितिसहित जिल्ला जिल्लामा विद्यालयसमेत सञ्चालन गरिएको छ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस