काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गएको बिहीबारदेखि आइबारसम्म सुन र चाँदीको मूल्य स्थिर रहेको थियो । अहिले बिहेको सिजन चलिरहेकाले सुनको व्यापार पनि बढिरहेको व्यवसायीहरुको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०७७, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?