विप्लव समूहलाई खसी नदिँदा शिक्षक श्रेष्ठको हत्या

पत्रपत्रिकाबाट

शुक्रबार, २६ मंसिर २०७७, ०६ : ४२
विप्लव समूहलाई खसी नदिँदा शिक्षक श्रेष्ठको हत्या

मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए । तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन् । 

शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो । त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयको भनाइ छ । 
विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिएपनि राम्रोसँग विकास भएको छैन । हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर यसैको एक उदाहरण हो । त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयको भनाइ छ । 

विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिएपनि राम्रोसँग विकास भएको छैन । हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन् । 

मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उदृत गर्द एक स्थानीयले बताएअनुसार आइतबार साँझ साथ टिपेर फर्कँदै गर्दा बारीबाट नचिनेका दुई जना भाग्दै थिए । को हो भन्दै उनीहरुतिर लाइट बाल्दा ‘निभाग्́ भनेर हकारे । घरदेखि अली पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ । ‘उहाँ (श्रेष्ठ) ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु, गाई ब्याउन लागेको छ भन्नुभयोग्́, धनकुमारीले भनिन्, ‘छिमेकीहरु आत्तिदै बाख्रा खोरमै आएर तपाईँको पतिलाई कसैले अपहरण गरेर लगे भने । त्यसपछि सबैजनाले खोज्न थाल्यो । खोज्दै जाँदा बन्दुक पड्किएको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो ।

उनका अनुसार हत्याराहरुले खसी र एउटा बाख्रा मागेका थिए । ‘उनीहरुलाई श्रीमानले बाख्रा चाहिँ दिने भन्नु भएको थियो । खसी नदिँदा यस्तो घटना भयोग्́, उनले भनिन् । शिक्षक हत्यामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले श्रेष्ठको हत्या गरेको स्वीकार गर्दै मंगलबार राति विज्ञप्ति जारी गरेको छ ।