काठमाडौँ । सरकारले स्थानीय तहको मातहतमा रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राख्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वाग्मती प्रदेश सरकारको निर्णयलाई स्वीकृत गर्दै स्थानीय तह रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राखिएको बताउनुभयो ।
उहाँका अनुसार चरीकोट अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, बकुलर रत्ननगर अस्पताल चितवन र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँ रहेका छन् । उहाँले ती सबै अस्पताल प्रदेश मातहतमा राख्ने निर्णय वाग्मती प्रदेश सरकारले निर्णय गरेपछि मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो ।
यस्तै बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा पे्रमनारायण कँडेललाई कृषि तथा वन सेवाको सामुहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन जनालाई सरुवा गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता गुरुङका अनुसार तोयानारायण ज्ञवालीलाई प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्जुनप्रसाद पोखरेललाई प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं २ बाट राजपत्राङ्कित विशिष्ट श्रेणी अतिरिक्त समूह र गोकर्णमणि दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी अतिरिक्त समूहबाट प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं २ मा सरुवा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ मंसिर २०७७, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल अस्पताल भर्ना
काठमाडौंमा खुल्यो भगवान कोइरालाको बाल अस्पताल
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी
थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा