सक्रिय सङ्क्रमित आज घटे

रासस

बुधबार, २४ मंसिर २०७७, १८ : ५९
सक्रिय सङ्क्रमित आज घटे

काठमाडौँ । देशभरमा आज मङ्गलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ । 

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

आजसम्म निको हुने दर ९४ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८९६ रहेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ । 

काठमाडौँ उपत्यकामा आज ४९६ सङ्क्रमित थप भएका छन् । जसमध्ये २८८ पुरुष र २१४ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा चार हजार ७८१, ललितपुर ९४० र भक्तपुरका ४५३ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २८६ नमूना परीक्षण गरिएको थियो । हालसम्म १८ लाख पाँच हजार ९७२ नमूना परीक्षण भइसकेका छन् । प्रति १० लाख जनसङ्ख्यामा ६१ हजार ८८९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । 

सक्रिय सङ्क्रमितमध्ये हाल सात हजार ६०९ होम आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार २३, प्रदेश नं २ मा १५१, बाग्मती प्रदेशमा चार हजार ४२९, गण्डकी प्रदेशमा २३६, लुम्बिनि प्रदेशमा ९८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७०८ रहेका छन् । 

देशभरमा गरी आज ३३० सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश नं १ मा ३९, प्रदेश नं २ मा सात, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा ९८ र लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् ।     त्यस्तै प्रदेश नं १ मा पाँच, वाग्मती प्रदेशमा ३५, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा ५७ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस