मोबाइल प्रयोगगर्दा निम्न कुरामा ध्यान नदिए ठूलो खतरा !

एजेन्सी

आइतबार, १० मंसिर २०७४, १२ : ३१
मोबाइल प्रयोगगर्दा निम्न कुरामा ध्यान नदिए   ठूलो खतरा !

 
एजेन्सी । मोबाइल फोनको प्रयोग अब अपरिहार्य भइसकेको छ । मोबाइल बिना एक घण्टा बिताउन पनि अब मुस्किल भइसक्यो मान्छेलाई । तर, मोबाइल फोन कसरी प्रयोग गर्ने, कति प्रयोग गर्ने, कसरी राख्ने भन्ने विषय अहिले बहसको विषय बनेको छ ।

विभिन्न अध्ययनले मोबाइल फोन अत्यधिक प्रयोग गर्दा तथा सही व्यवस्थापन गर्न नसक्दा प्रयोगकर्ताले धेरै समस्याहरु सामाना गर्नुपर्ने चेतावनी दिइरहेका छन् । धेरै या अस्वस्थ खाना खाँदा अपचर र झाडा–बान्ता भए जस्तै मोबाइल प्रयोग धेरै र गलत तरिकाले हुँदा समस्याहरु निम्त्याउँछ । मोबाइलबाट निस्किने विकिरणले स्वास्थ्यमा धेरै असर पुर्‍याइरहेको हुन्छ ।

–क्यान्सर रोग मोबाइल फोनको रेडियशन (विकिरण)बाट उत्पन्न हुने सबैभन्दा ठूलो खतरा हो । मोबाइल फोनलाई निभर आफ्नो खल्तीमा या शरीरमा टासिँने गरी बोकेर हिँड्नुहुन्छ भने त्यो स्थानमा ट्युमर हुने खतरा बढी हुन्छ र क्यान्सर सजिलै निम्तिन सक्छ । खल्तीको सट्टा झोलामा राख्नु कम हानीकारक हुन्छ ।

–मोबाइल फोन सिरानीमा राखेर वा छातिमा टाँसेर सुत्ने बानी पनि घातक हुन सक्छ । नियमितको यस्तो प्रयोगले मस्तिष्कमा नकारात्मक असर पर्छ ।

–कतिपय पुरुष मोबाइल फोन कम्मर नजिकै राख्न गर्छन् । पुरा दिन यसरी मोबाइल रहँदा असर पुर्याउँछ । मोबाइल फोनको इलेक्ट्रोम्याग्नेटिक विकिरणहरुको प्रभाव हड्डिमा पर्छ र हड्डिमा रहेको मिनरल समाप्त पारिदिन्छ ।

–पुरुषहरुले कम्मरमा मोबाइल फोन राख्नु निकै नै खतरनाक हुन सक्छ । मोबाइलको रेडिएसनको नकारात्मक असरले शुक्रकिट उत्पादन तथा शुक्रकिटको क्षमतामा कमी ल्याइदिन सक्छ ।

–विश्व स्वास्थ्य संगठनको एक अनुसन्धानका अनुसार मोबाइल फोनको अत्यधिक प्रयोग मस्तिष्क क्यान्सरको कारण पनि हो । यसबाट निस्किने बिकिरणका कारण ब्रेन ट्युमर हुन सक्छ ।

–मोबाइल फोनको इलेक्ट्रोम्याग्नेटिक विकिरणहरुले डिएनएलाई पनि क्षतिग्रस्त पारिदिन सक्छ । मानसिक रोगी बनाउन उत्तिकै भूमिका खेल्छ ।

–तनाव र डिप्रेशनको प्रमुख कारणमध्ये मोबाइल फोनबाट निस्कने रेडिएसनको प्रभाव पनि एक हो । यसले दिमागको कोशिकाहरुलाई संकुचित गरिदिन्छ र दिमागमा अक्सिजनको कमी हुन्छ ।

–गर्भवती महिलाले धेरै मोबाइल फोनको प्रयोग धेरै गर्दा गर्भमा रहेको शिशुको दिमागमा नकारात्मक असर पार्दछ ।

प्रतिक्रिया दिनुहोस