काठमाडौं । प्रतिगमनकारी शक्तिविरुद्ध राष्ट्रिय सहमति कायम गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारका कामकारबाहीमा प्रश्न उठाएका छन् ।
आफ्नै पार्टी नेकपाभित्र अन्तरसंघर्ष झेलिरहेका प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कांग्रेस, जनता समाजवादी र राप्रपाका नेताहरूले चर्को आलोचना गरेका थिए । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध राजावादीहरूले सडकमा नारा घन्काउन थाल्नुको कारण धेरै हदसम्म सरकारको कार्यशैली नै भएको उनीहरूको भनाइ थियो ।
सर्वदलीय बैठकको सुरुमै प्रधानमन्त्री ओलीले कोभिड–१९ र राजावादीले सडकमा गरिरहेको प्रदर्शनका विषयमा सुझाव मागेका थिए ।
उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका दिशामा सरकारले गरेका कामको हिसाबकिताबसहित लामो फेहरिस्त प्रस्तुत गरेका थिए । त्यसपछि राज्य प्रणालीलाई कमजोर बनाउने गरी राजावादीले सडकमा गरिरहेको प्रदर्शन र नेत्रविक्रम चन्द नेतृत्वको समूहको गतिविधिका विषयमा उनले नेताहरूको धारणा मागेका थिए ।
कांग्रेस र जनता समाजवादीका नेताहरूले सरकारको ढिलासुस्ती, अनियमितताको संरक्षण, कोरोना नियन्त्रण र रोकथाममा असफलता, प्रधानमन्त्रीका अभिव्यक्ति र कार्यशैलीगत कमजोरीका कारण प्रतिगमनले मुन्टो उठाउने मौका पाएको धारणा राखेका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ मंसिर २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली