काठमाडौं । प्रतिगमनकारी शक्तिविरुद्ध राष्ट्रिय सहमति कायम गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारका कामकारबाहीमा प्रश्न उठाएका छन् ।
आफ्नै पार्टी नेकपाभित्र अन्तरसंघर्ष झेलिरहेका प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कांग्रेस, जनता समाजवादी र राप्रपाका नेताहरूले चर्को आलोचना गरेका थिए । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध राजावादीहरूले सडकमा नारा घन्काउन थाल्नुको कारण धेरै हदसम्म सरकारको कार्यशैली नै भएको उनीहरूको भनाइ थियो ।
सर्वदलीय बैठकको सुरुमै प्रधानमन्त्री ओलीले कोभिड–१९ र राजावादीले सडकमा गरिरहेको प्रदर्शनका विषयमा सुझाव मागेका थिए ।
उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका दिशामा सरकारले गरेका कामको हिसाबकिताबसहित लामो फेहरिस्त प्रस्तुत गरेका थिए । त्यसपछि राज्य प्रणालीलाई कमजोर बनाउने गरी राजावादीले सडकमा गरिरहेको प्रदर्शन र नेत्रविक्रम चन्द नेतृत्वको समूहको गतिविधिका विषयमा उनले नेताहरूको धारणा मागेका थिए ।
कांग्रेस र जनता समाजवादीका नेताहरूले सरकारको ढिलासुस्ती, अनियमितताको संरक्षण, कोरोना नियन्त्रण र रोकथाममा असफलता, प्रधानमन्त्रीका अभिव्यक्ति र कार्यशैलीगत कमजोरीका कारण प्रतिगमनले मुन्टो उठाउने मौका पाएको धारणा राखेका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ मंसिर २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी