काठमाडौं । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । यस्तो व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी हुन भने बाँकी छ । निर्देशन जारी भएपछि अमेरिकी डलरको खाता नहुने सर्वसाधारणले पनि नेपालबाटै डलरमा विदेशमा भुक्तानी गर्न पाउनेछन् ।
‘बैंक तथा वित्तीय संस्था एवं विप्रेषण सेवा प्रदायक कम्पनीले विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण भित्र्याउन सक्ने र नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाबाट विद्युतीय भुक्तानी उपकरण (मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड, वालेट आदि) मार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ,’ मौद्रिक नीतको समीक्षामा भनिएको छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ मंसिर २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा मात्रै उम्मेदवारहरुले गरे १ करोड ५६ लाख खर्च
प्रहरीले बढायो सामाजिक सञ्जालमा उच्च निगरानी
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
सरकारले खुलायो सामाजिक सञ्जाल
यी हुन् नेपालमा दर्ता भएका र नभएका सामाजिक सञ्जाल (सूचीसहित)