काठमाडौं । नेप्से परिसूचक ह्वात्तै १ सय २३ दशमलव ३४ अंकले ओरालो लागी ३० लाख लगानीकर्ताको एकै दिन १ खर्ब ६५ अर्ब रुपैयाँ गुमेको छ । आइतबार बजारमा नेगेटिभ सर्किट लाग्दा सबैभन्दा बढी निर्जीवन बिमा समूहको परिसूचकमा गिरावट आएको छ ।
गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको हो । लगानीकर्ताले एक दिनमा १ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाउँदा सेयर ब्रोकरले भने कमिसनबाटै ३ करोड ५० लाख रुपैयाँ हाराहारी कमाए ।
नेप्सेमा एकाएक गिरावट आउनुमा राष्ट्र बैंकको मौद्रिक समीक्षा र अस्थिर नीति भएको भन्दै संघीय संसद्को अर्थसमितिले राष्ट्र बैंकका गभर्नरलाई बैठकमा बोलाएको छ ।
नेपाल राष्ट्रबैंकका गभर्नरलाई छलफलका लागि बोलाइएको संघीय संसद्अन्तर्गतको अर्थसमितिका सभापति कृष्ण दाहालले बताए । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण सेयर बजारमा पहिरो गएपछि चासो देखाइएको हो । यही शुक्रबारसम्म सबै संसद् र नेपाल राष्ट्र बैंकलाई समेत बैठकमा डाकी बजार घटेको विषयमा छलफल हुन लागेको सभापतिले दाहालले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २२ मंसिर २०७७, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार