काठमाडौं । नेप्से परिसूचक ह्वात्तै १ सय २३ दशमलव ३४ अंकले ओरालो लागी ३० लाख लगानीकर्ताको एकै दिन १ खर्ब ६५ अर्ब रुपैयाँ गुमेको छ । आइतबार बजारमा नेगेटिभ सर्किट लाग्दा सबैभन्दा बढी निर्जीवन बिमा समूहको परिसूचकमा गिरावट आएको छ ।
गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको हो । लगानीकर्ताले एक दिनमा १ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाउँदा सेयर ब्रोकरले भने कमिसनबाटै ३ करोड ५० लाख रुपैयाँ हाराहारी कमाए ।
नेप्सेमा एकाएक गिरावट आउनुमा राष्ट्र बैंकको मौद्रिक समीक्षा र अस्थिर नीति भएको भन्दै संघीय संसद्को अर्थसमितिले राष्ट्र बैंकका गभर्नरलाई बैठकमा बोलाएको छ ।
नेपाल राष्ट्रबैंकका गभर्नरलाई छलफलका लागि बोलाइएको संघीय संसद्अन्तर्गतको अर्थसमितिका सभापति कृष्ण दाहालले बताए । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण सेयर बजारमा पहिरो गएपछि चासो देखाइएको हो । यही शुक्रबारसम्म सबै संसद् र नेपाल राष्ट्र बैंकलाई समेत बैठकमा डाकी बजार घटेको विषयमा छलफल हुन लागेको सभापतिले दाहालले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २२ मंसिर २०७७, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार