काठमाडौँ । दाङमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२च ६३६९ नंको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही उपमहानगरपालिका–१७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराहीका ३६ वर्षीय समिर पन्त घाइते हुनुभएको छ । घाइते दुवैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० मंसिर २०७७, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु