काठमाडौँ । दाङमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२च ६३६९ नंको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही उपमहानगरपालिका–१७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराहीका ३६ वर्षीय समिर पन्त घाइते हुनुभएको छ । घाइते दुवैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० मंसिर २०७७, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु