काठमाडौं । गृह मन्त्रालयले मातहतका निकायका कामकारवाहीको अनुगमनलाई तिब्रता दिनेभएको छ । आव २०७७÷७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका निकायले लिएको जिम्मेवारी र त्यसको कार्यान्वयनको अवस्थाबारे कडाइका साथ अनुगमन गर्न लागिएको जानकारी दिनुभयो ।
मन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरिसकेको छ । मन्त्री थापाले कोरोनालगायतका कारण प्रथम चौमासिकमा अपेक्षित उपलब्धि नदेखिएको समेत जानकारी गराउनुभयो । उहाँले मातहतका निकायलाई आगामी दिनमा आफ्ना गतिविधिलाई चलायमान गराउँदै उपलब्धि हासिल गर्न तर्फ लाग्न निर्देशनसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, “कतिपय कामका लागि छुट्याइएको बजेटको उपयोग भएको देखिएन, कतिपय कामलाई बजेट नपुगेको देखियो, प्रथम चौमासिकको समीक्षा गरिरहँदा दोस्रो चौमासिक योजना सफल पार्न अहिले देखिएका कमीकमजोरी हटाउने योजना बनाउनुहोस् ।”
गृहमन्त्री थापाले विकास र समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको स्मरण गाउनुभयो । सोहीअनुरुप योजना बनाउन मातहतका निकायलाई आग्रहसमेत गर्नुभयो ।
बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो प्रथम चौमासिकको कार्य प्रगति विवरण पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ मंसिर २०७७, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक
गृह मन्त्रालयले गर्यो २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)