काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। तनहुँ घटनाका विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ ।
नेता अर्जुनरसिंह केसीले भने, ‘छलफलको एजेण्डा विस्तृतमा जानकारी भएको छैन। तनहुँ घटनाबारे छलफल गर्ने भनिएको छ।’ बैठक दिउँसो २ बजे सभापति निवास बुढानीलकण्ठमा बोलाइएको छ ।
गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। बुधबार तनाव उत्पन्न भएपछि बिहीबार पौडेलले नै व्यास नगरपालिकामा निर्माण गरिएको पुल उदघाटन गरेका थिए ।
संघीय सरकारलाई जानकारी नै नदिई उद्घाटन गर्न लागिएको भन्दै नेकपा कार्यकर्ता विरोधमा उत्रेका थिए। बुधबार सभापति देउवाले विज्ञप्ति जारी गर्दै तनहुँ घटनाको देशव्यापी प्रतिरोध गर्ने जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०७७, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा