काठमाडौँ । सत्तारुढ नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमा पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
पार्टी एकतायताको सबैभन्दा तिक्तततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ । बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अधयक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको सचिवालयका एक सदस्यले बताए ।
बैठकमा ओलीले भने–आफ्नो लाञ्छनाको बुलेटलाई तपाईंले जुन पार्टी कार्यालयको नाम र लोगो दुरुपयोग गर्नुभएको छ, तल तल पठाउनु भएको छ । तपाईंले कहाँको निर्णयले छाप्नुभयो ? यो अनुशासनको उलंघन हो । यसमा तपाईंलाई कारबाही किन नगर्ने ? यो तपाईंको निजी पार्टी होइन । निजी पार्टीमा पनि यसो गर्न मिल्दैन ।
यस्तै प्रचण्डले पनि ओलीलाई जवाफ दिए– हाम्रा पछाडि सीआईडी छोड्नुभयो । बाध्य भएर बैठकको अनुरोधको पत्र लेखियो । पत्रको जवाफ तपाइंले आरोपबाट सुरु गर्नुभयो । त्यसपछि जबाफ लेखेको हुँ । प्रस्ताव जे लेखिएको हो, त्यही लेखेर ल्याएको हो । यो लाञ्छना हो या सत्य पार्टी कमिटीले भन्ने हो, तपाईंले होइन । अझ, तपाईं को हो ? मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने ? पत्रिकाले आजको बैठकमा ओली सहभागी नहुने खबर समेत छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ मंसिर २०७७, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा