काठमाडौँ । सत्तारुढ नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमा पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
पार्टी एकतायताको सबैभन्दा तिक्तततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ । बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अधयक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको सचिवालयका एक सदस्यले बताए ।
बैठकमा ओलीले भने–आफ्नो लाञ्छनाको बुलेटलाई तपाईंले जुन पार्टी कार्यालयको नाम र लोगो दुरुपयोग गर्नुभएको छ, तल तल पठाउनु भएको छ । तपाईंले कहाँको निर्णयले छाप्नुभयो ? यो अनुशासनको उलंघन हो । यसमा तपाईंलाई कारबाही किन नगर्ने ? यो तपाईंको निजी पार्टी होइन । निजी पार्टीमा पनि यसो गर्न मिल्दैन ।
यस्तै प्रचण्डले पनि ओलीलाई जवाफ दिए– हाम्रा पछाडि सीआईडी छोड्नुभयो । बाध्य भएर बैठकको अनुरोधको पत्र लेखियो । पत्रको जवाफ तपाइंले आरोपबाट सुरु गर्नुभयो । त्यसपछि जबाफ लेखेको हुँ । प्रस्ताव जे लेखिएको हो, त्यही लेखेर ल्याएको हो । यो लाञ्छना हो या सत्य पार्टी कमिटीले भन्ने हो, तपाईंले होइन । अझ, तपाईं को हो ? मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने ? पत्रिकाले आजको बैठकमा ओली सहभागी नहुने खबर समेत छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ मंसिर २०७७, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ