सत्तारुढ नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने, अध्यक्षद्धयको प्रस्ताव माथि छलफल

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १२ : ०२
सत्तारुढ नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने, अध्यक्षद्धयको प्रस्ताव माथि छलफल

काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा सरेको छ । गत शनिवारको बैठकले धुम्बाराहीमा बस्ने निर्णय गरेपनि आज दिउँसो १ बजे बस्ने बैठक बालुवाटारमा बस्ने भएको हो । 

नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबीच औपचारिक रूपमै लिखित वादविवाद चर्किएका बेला दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

शनिवारको बैठकमा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएका आरोपको जवाफ दिएका थिए । आजको बैठकमा ओलीले लगाएका आरोपको जवाफ प्रचण्डले दिने जनाइएको छ । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै सचिवालयमा प्रस्ताव पेश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस