परिवारकै संलग्नतामा युवती बेपत्ता

पत्रपत्रिकाबाट

मंगलबार, १६ मंसिर २०७७, ०८ : ४४
परिवारकै संलग्नतामा युवती बेपत्ता

कपिलवस्तु । लैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला परिवारबाटै एउटी युवतीलाई बेपत्ता पारिएको छ। परिवारको इच्छाविपरीत विवाह गरेकी भन्दै पुष्पा चौधरीलाई माइती पक्षले घरमा गएर कुटपिट गरी बलजफ्ती ल्याएर गायब गराएको जनाइएको छ।

चार महिनाकी गर्भवतीसमेत रहेकी उनलाई एक सातादेखि गायब पारिएको हो। परिवारले स्वीकृति नदिएपछि पुष्पाले कञ्चनपुरको महराजगन्ज नगरपालिका–५ का २७ वर्षीय दिनेशप्रसाद कुर्मीसँग गत साउन १८ गते अदालती प्रक्रियाबाट विवाह गरेकी थिइन्। 

शिवराजन नगरपालिका–१३ बेउवा माइतीघर भएकी पुष्पाको दिनेशसँग लामो समयदेखि प्रेम सम्बन्ध थियो। उनीहरूले गत असार १६ गते मन्दिरमा समेत विवाह गरेका थिए।

 सो प्रेम सम्बन्ध र विवाहको विरुद्धमा रहेको माइती पक्षका ८÷१० जनाले मंसिर ७ गते साँझ घरमा अभिभावक नभएको मौका छोपेर पुष्पालाई लछारपछार पारी जबर्जस्ती मोटरसाइकलमा लगेको दिनेशकी भतिजी प्रत्यक्षदर्शी दिनु चौधरीले बताइन्। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस