काठमाडौं । हास्यकलाकार भारती सिंहलाई ड्रग्स केसमा पक्राउ गरिएको थियो । भारती सिंहका श्रीमान् हर्ष लिम्बाचियालाई पनि एनसीबीले पक्राउ गरेको थियो ।
यो केसमा दुबै भारती र हर्षले जमानत पाएका छन् तर एनसीबीले केसको अनुसन्धान गरिरको छ । एनसीबीले उनीहरुलाई ड्रग्स पुर्याउने कारोबारीलाई पनि पक्राउ गरिसकेको छ ।
हुन त घटनाबारे अनुसन्धान जारी छ भारतीका लागि जमानत पाउनु निकै राहतको कुरा हो । उनी आफैंलाई पनि यो कुरा राम्रोसँग थाहा छ, यस्तोमा उनले सोसल मिडियामा एउटा पोस्ट सेयर गरेकी छिन् ।
भारतीले जमानत पाएपछि सबैभन्दा पहिले भगवान गणेशलाई याद गरिन् । उनले आफ्नो इन्स्टा स्टोरीमा गणपतिको सुन्दर तस्बिर सेयर गरेकी छिन् ।
भारतीले जमानत पाएपछि भगवानलाई धन्यवाद दिएकी छिन् । जमानत पाएपछि उनी आफ्नो करियरमा केन्द्रीत भएकी छिन् । अहिलेसम्म हर्षको नयाँ प्रोजेक्ट सार्वजनिक भएको त छैन तर भारती कपिल शर्मा शोमा आफ्नो काम जारी राख्नेछिन् । उनलाई कपिल शर्माको नयाँ शोमा देख्न सकिनेछ ।
यो विवादपछि भारतीको कपिल शर्मा शोबाट पत्ता साफ हुने अनुमान गरिएको थियो तर अहिले यस्तो होला जस्तो देखिँदैन । उनी अहिले पनि कार्यक्रमको हिस्सा बनेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ मंसिर २०७७, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ