काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् ।
‘मलाई आज कोभिड–१९ पोजेटिभ भएको थाहा भयो’, उनले शुक्रबार राति फेसबुकमा लेखेका छन्, ‘बुधबारदेखि शरीर दुखिरहेको थियो । तर अहिले हल्का सुधार भइरहेको छ ।’सन्दीपले आफू ‘होम आइसोलेसन’मै रहेको र चाँडै मैदानमा उत्रने बताएका छन् । त्यस्तै उनले सबैको आफूलाई सबैको प्रार्थनाको खाँचो हुने बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षणमा बोलाएको थियो । उसले बन्द प्रशिक्षणमा राख्नु पहिले सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए