काठमाडौं । परराष्ट्र सचिव स्तरीय वार्ताका लागि नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्दन श्रृंखलाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणको निम्तो गरेका छन् । आगामी डिसेम्बर दोश्रो साता भारतमा दुई देशका परराष्ट्र मन्त्री स्तरमा सम्वाद गर्ने गरी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई श्रृंखलाले भारत भ्रमणको निम्तो गरेका हुन् ।
दुई देश बीच गत वर्ष देखि टुटिरहेको सम्वाद परराष्ट्र सचिव स्तरीय वार्तापछि खुलेको छ । परराष्ट्र मन्त्री स्तरको वार्ताको मिति ठ्याक्कै टुंगो नलागेपनि डिसेम्बर दोश्रो साता गर्ने विषयमा दुवै देश सहमत भएका छन् । त्यो वार्ता भारतमा गर्ने समझदारी भने बनेको छ ।
‘परराष्ट्र मन्त्रीस्तरको संयुक्त आयोगको बैठक डिसेम्बर दोश्रो साता भारतमा गर्ने विषयमा परराष्ट्र सचिव स्तरीय वार्तामा समझदारी बनेको छ । मिति टुंगो अबको केही दिनमा लाग्नेछ । त्यो वार्ताका लागि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री ज्ञवालीलाई निम्तो समेत गरिसकेका छन्,’ परराष्ट्र मन्त्रालय स्रोतले सफलखबरसँग भन्यो ।
नेपाल र भारतका बीचमा देखा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा र अर्काेतिर सुस्ता तिरको सिमाना सम्बन्धी विवादलाई अव द्दिदेशिय छलफलको प्रक्रियामा लैजाने विषयमा पनि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्दन श्रृंखलाको भेटका बारेमा छलफल भएको छ ।
विदेश सचिव श्रृंखलाले प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव लगायतसँग भेटवार्ता गरिसकेका छन् ।
उनले हिजै विपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवा र केही मधेसवादी दलका नेताहरुसँग पनि सम्वाद गरेका थिए । राती द्दारिकाज होटलमा आयोजित रात्री भोजमा उनी सहभागी भएका थिए । उनी गोरखा र मनाङ भ्रमण गरेर आजै स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०७७, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
परराष्ट्र मन्त्री राणा इटाली प्रस्थान
परराष्ट्र मन्त्री राणा आज रोम जाँदै
गैरकानूनी रूपमा विदेशमा रहेकाहरूलाई कानूनी प्रक्रिया अपनाउन परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्र मन्त्री डा. राणा इटाली र जर्मनी भ्रमणमा जाँदै
इजरायलबाट फर्कन चाहने ८ सय ८५ नेपालीले टिपाए नाम