अफगानिस्तानमा बन्दूकधारी समूहद्वारा गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण

एजेन्सी

विहीबार, ११ मंसिर २०७७, १८ : ५४
अफगानिस्तानमा बन्दूकधारी समूहद्वारा गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण

मैदानसार, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी वार्डाक प्रान्तमा बन्दूकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गर्नु भएको छ ।

उक्त समूहले बुधबार काबुलकालाई छुटेका ती गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुहरूलाई अपहरण गरेको अफगानी अधिकारी अफियानीले सिन्ह्वालाई बताउनुभयो ।

प्रहरीले अपहरणमा अफगानी तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ भने तालिवान समूहबाट समाचार तयार पार्दासम्म यसबारे कुनै प्रतिक्रिया आइसकेकोे छैन ।

अफियानीका अनुसार प्रहरीले अपहरित व्यक्तिको खोजी गरी सुरक्षितरूपमा अपहरणमुक्त गर्न विभिन्न समूहलाई खटाइसकेको छ । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस