मैदानसार, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी वार्डाक प्रान्तमा बन्दूकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गर्नु भएको छ ।
उक्त समूहले बुधबार काबुलकालाई छुटेका ती गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुहरूलाई अपहरण गरेको अफगानी अधिकारी अफियानीले सिन्ह्वालाई बताउनुभयो ।
प्रहरीले अपहरणमा अफगानी तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ भने तालिवान समूहबाट समाचार तयार पार्दासम्म यसबारे कुनै प्रतिक्रिया आइसकेकोे छैन ।
अफियानीका अनुसार प्रहरीले अपहरित व्यक्तिको खोजी गरी सुरक्षितरूपमा अपहरणमुक्त गर्न विभिन्न समूहलाई खटाइसकेको छ । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ मंसिर २०७७, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा
अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ
अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप
पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या