सलमान खानले २५० करोडको अफर अस्वीकार गर्न १ सेकेन्ड पनि लगाएनन्

एजेन्सी

बुधबार, १० मंसिर २०७७, १४ : २९
सलमान खानले २५० करोडको अफर अस्वीकार गर्न १ सेकेन्ड पनि लगाएनन्

काठमाडौं । सलमान खान आफ्नो मनको कुरा सुन्छन्, कहिले के गर्छन् कसैलाई पनि थाहा हुँदैन । सलमानको फिल्म राधे तयार भइसकेको छ र अब यसलाई दर्शकमाझ पुर्याउनका लागि सामान्य परिस्थितीको प्रतिक्षा गरिँदै छ । फिल्म ईदमा रिलिज हुनसक्ने पनि अनुमान गरिएको छ । 

फिल्म राधेको विषयमा पछिल्ला दिनमा विभिन्न प्रकारको अडकलबाजी गरिएको छ । तीमध्ये एक ओटीटी प्लेटफर्मको विषयमा थियो । बलिउडका थुप्रै निर्माताको अहिलेको पहिलो रिलिज भनेको  ओटीटी प्लेटफर्म नै हो । 

सिंगल स्क्रिन सिनेमाघरहरुका लागि सबैभन्दा धेरै कमाई सलमानको फिल्मबाट हुन्छ र उनीहरु राधेलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । 

केही दिन अघि ओटीटी प्लेटफर्मका राधेलाई देखाइने भनिएको थियो, यसको व्यापक चर्चा हुनु स्वभाविक थियो । सलमानसँग जोडिएको स्रोतका अनुसार एक ओटीटी प्लेटफर्मले सलमानलाई २५० करोड भारुको अफर पनि दिएको थियो । 

तर स्रोतका अनुसार सलमानले यो अफर अस्विकार गर्न एक सेकेन्ड पनि लगाएनन्। उनले फिल्म सिनेमाघरमा नै रिलिज हुने स्पष्ट पारिदिए । 

राधेका निर्देशक प्रभुदेवाले पनि सलमानको फिल्मलाई सुरुमा डिजिटलमा देखाउने कुनै सोच नभएको बताएका छन् ।