 
                                    काठमाडौं । काठमाडौँको नागढुङ्गामा आफ्नै ट्रकले किचेर ट्रक साहुको मृत्यु भएको छ ।
मङ्गलबार चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु
मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु