बर्दिबास बालिका हत्या प्रकरण

प्रहरीको गोली लागेका युवकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, ०७ : ४२
प्रहरीको गोली लागेका युवकको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेका युवकको उपचारको क्रममा मृत्यु भएको छ । सोही स्थानका  ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै हिजो गरिएको प्रदर्शनमा युवालाई प्रहरीको गोली लागेको थियो ।

मृत्यु हुनेमा बर्दिबास–१ का बुद्धिराज न्यौपाने (सञ्जय) रहेको र उनको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।  हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो ।

बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका स्थानियले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस