‘न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्‍याउन खोजेको होइन’

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, १६ : ००
‘न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्‍याउन खोजेको होइन’

file photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर ३ गतेको पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावबारे भ्रममा नपर्न आग्रह गरेका छन् । 

अध्यक्ष प्रचण्डको सचिवालयले प्रस्तावमा समेटिएका विषयबस्तु न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्याउन नभई बाहिर चर्चामा आएका विषयका आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट पार्न खोजेको प्रस्ट पारेको छ । 

‘स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ’, प्रचण्डको सचिवालयले भनेको छ । 

प्रतिक्रिया दिनुहोस