मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी दिएको हो ।
प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट संक्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन्, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नेछन् । त्यसपछि उनले पुनः परीक्षण गर्ने कार्यालयले जनाएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ मंसिर २०७७, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलेक्जाई नाभाल्नीको जनतालाई अपिल :तपाईँ र तपाईँको भविष्यका लागि आन्दोलनमा उत्रनुहोस्
‘गरिब देशलाई खोप नदिए महामारी लम्बिन सक्छ’ : डब्लुएचओ
भारतको गुजरातमा सडक फुटपाथमा सुतिरहेकालाई ट्रकले किच्दा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति बाइडेनको शपथ समारोह नजिकिदैं गर्दा सुरक्षा व्यवस्था अति कडा
१ हजार ४२ वर्ष बाँचेर दाजुभाई–दिदीबहिनीले बनाए नयाँ विश्व किर्तिमान
बेलायतमा धमाधम लगाइँदै कोरोना खोप, एकैदिन दुई लाख ९८ हजारले लगाए