काठमाडौँ । जनता समाजवादी पार्टीले बन्द रहेको नेपाल–भारतको सीमा खुलाउन सरकारसँग माग गरेको छ ।
जसपा नेपालका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी त्यस्तो माग गरेको हो । लामोसयदेखि सीमा नाका बन्द गरिएको कारणले देशको अर्थतन्त्र धाराशायी हुनुको साथै सीमा क्षेत्र खासगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्टकर हुँदै गएको छ ।
जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार रोजगारी, आर्थिक, समाजिक लगायतका क्षेत्रमा गम्भीर समस्या भएको जसपाले जनाएको छ । जनताको जीवनलाई थप कष्टकर हुन नदिनका लािग सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्न सरकारसँग माग गरेको छ ।
कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनाबद्ध रुपमा प्रभावकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र ओषधी आदिलाई उचित एवं आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ ।
विगत नौ महिनादेखि सीमा नाका बन्द रहेको कारण सीमा क्षेत्रका जन जीवन प्रभावित भएको छ । त्यसलाई खुलाउनका लागि सीमा क्षेत्रमा संघर्षका कार्यक्रमहरु पनि भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०७७, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन मुद्दा : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
संवैधानिक इजलासमा पुण्यप्रसाद खतिवडाले राखे माग : ‘निर्वाचनमा जानु नै उपयुक्त’ भन्दै दायर गरेको रिटमा छलफल हुनुपर्छ
सर्वोच्च अदालतमा ‘नेकपा’ नाम विरुद्धको रिटको सुनुवाइ आजपनि स्थगित
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि निरन्तर
प्रचण्ड र माधव नेपालले सर्वसधारणलाई गरे यस्तो अपिल...
के छ प्रचण्ड–नेपालले ओलीलाई सोधेको स्पष्टीकरणमा ?