विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

रासस

आइतबार, ०७ मंसिर २०७७, ११ : ४६
विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

चितवन । पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति  ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो कृतिमा २५ वटा निबन्ध रहेका छन् । 

आठ वटा प्रभाव अर्थात् व्यक्तिकेन्द्रित छन् भने १७ वटा भावमा आधारित छन् ।  दुई  सय पृष्ठको निबन्ध सङ्ग्रहको मूल्य रु ३२५ रहेको छ ।

‘देब्रे आँखा’ नामक निबन्ध सङ्ग्रहबाट चर्चामा आएका विरही पत्रकारितासँगै कविता, उपन्यास र निबन्ध लेखनमा पाँच दशकदेखि सक्रिय छन् । उनको पहिलो कृति विसं २०३५ मा  ‘मुलाको बोक्रा’ बजारमा आएको थियो । विसं २०२८ बाट उनी पत्रकारिता क्षेत्रमा लागेका हुन् ।

यसअघि उनका निबन्ध  ‘देब्रे आँखा’, उपन्यास ‘प्रेमदासको डायरी’, कविता  ‘थालथालमा सपना’, ‘मङ्गली गुप्ताको पान’, ‘भित्ताको रङ’ जस्ता कृति चर्चामा छन् । यससँगै उनले  ‘आधारभूत पत्रकारिता पाठ्यक्रम’ प्रकाशित गरेका छन् । स्नातकमा  ‘भोकेशनल’ पाठ्यक्रममा यो पुस्तक प्रयोग हुने गरेको छ ।

पछिल्लो समय क्यान्सर रोगको उपचार गराउने क्रममा उनले लेखेको  ‘सातौँ बादशाहको रातो कोट’ कविता सङ्ग्रह तयार भएको छ । यो कृति छिट्टै प्रकाशन गर्ने तयारीमा रहेको उनले जानकारी दिए । विरही नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रका अग्रणी व्यक्तित्व हुन् । 

प्रतिक्रिया दिनुहोस